६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलबाट कस्तुरीको बिणासहित ३ जना पक्राउ



अ+ अ-

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले टोलीले ठमेलको भगवानबहालबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिणासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङजाका ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभाका २८ वर्षीय सन्देश अछामे र संखुवासभाकै ३८ वर्षीय ईन्द्र कुमार राई रहेका छन् ।

उनीहरुको साथबाट करिब २१ ग्राम तौल भएको कस्तुरीको बिणा १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।