१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राजाको चौतारोः शान्ति, एकता र सहअस्तित्वको ऐतिहासिकस्थल

राजाको चौतारोः शान्ति, एकता र सहअस्तित्वको ऐतिहासिकस्थल
अ अ+ अ-

गण्डकी । चार शताब्दी पुरानो ‘राजाको चौतारा’ नेपालका बाइसे–चौबिसे राज्यका पालाको साक्षी बनेर रहेको छ ।   तत्कालीन समयमा लडाइँभिडाइ नगरी सहअस्तित्व र  आपसी मेलमिलाप गर्न यहाँको मालमूल फाँटमा कास्की, तनहुँ, रिसिङ, घिरिङ, पर्वत, भीरकोट, गह्राँैं, ढोर, नुवाकोट, सतहुँ, लमजुङ र गोरखा राज्यका १२ राजा भेला भएको र त्यसपछि चिनेको चौतारा भएकाले त्यसै समयदेखि यसको नाम राजाको चौतारा रहेको इतिहासमा उल्लेख छ । 

तत्कालीन समयमा यहाँका कास्की र लमजुङ राज्य बीच युद्धका चलेको थियो ।  लमजुङे राजाले पोखराको विजयपुरसम्मै कब्जा जमाउन आएको र  कास्कीका राजाले मादी नदीसम्म आफ्नो राज्य फैलाउन युद्ध गरेको नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले जानकारी दिनुभयो । तत्कालीन कास्कीका राजा शिव शाहका पालामा कास्की, मालमूलमा शान्ति सम्झौताका लागि बाह्र राजाको भेट भएको थियो ।  भेट भएका राजाहरू कास्कीको मालमूल फाँटस्थित सो स्थानमा बसेर एकापसमा लडाइँ नगर्ने, एकार्काको अस्तित्व स्वीकार्ने, आआफ्ना सीमामा बाँधिएर मेलमिलाप गरी बस्ने, बिहेबारीलगायत पारिवारिक सम्बन्ध विस्तार गर्ने, शान्ति र सहअस्तित्व कायम गर्नेलगायत विषयमा सहमतिमा पुगेपछि चिनिएको चौतारा भएकाले त्यस समयदेखि नै यसलाई राजाको चौताराका रुपमा चिनिएको डा गुरुङले बताउनुभयो ।

राजाको चौतारो पूर्वमा कास्कीका देउराली र  रुपा गाउँपालिका, पश्चिमतर्फ गगनगौंडा बजार, उत्तरतर्फ रुपा ताल र दक्षिणतर्फ शुक्लागण्डकी नगरपालिका रहेको विशाल मालमूल फाँटमा अवस्थित छ ।  विगतमा सो ठाउँमा एउटा ठूलो समीको रुख  र त्यसमुनि खरको सानो झुपडीमा माटाको पानीको घडा थियो । त्यस समयमा ‘नेपालदेश’बाट पोखरा आउनेजाने बटुवा सो बाटो हुँदै आउँथे र थकाइ मार्न सोही चौतारामा बस्थे । थाकेका बटुवा शीतल तापेर यहाँ राखिएको घैंँटाको पानी खाएर आआफ्नो बाटो लाग्थे । पछिल्लो समय समीको रुख नहुनु, चौतारो साँघुरिदै जानु र यसको नाम पनि फेरिँदै जान थालेपछि यसको महत्व घट्दै गएको अवस्थासँगै पोखरा महानगरपालिका वडा नं ३२ को कार्यालय, स्थानीय चौतारी युवा क्लब, आदर्श आमा समूह एवम् स्थानीयवासीका साथै संस्कृतिविद् डा गुरुङको सहयोग र समन्वयमा पोखरा महानगरपालिका वडा नं ३२ मा नेपाली सेनाले हालै चौतारो पुनःर्निमाण गरिदिएको छ ।

भीरकोट, गह्रौंँ र ढोर खान राज्य तथा नुवाकोट, सतहुँ, कास्की, लमजुङ र गोरखा गरी आठटीकाका आठ राजा एवं तनहुँ, रिसिङ, घिरिङ र पर्वतका गरी बाह्र राजाले सामूहिक भावनाको आवश्यकतालाई त्यसै समयमा नै आत्मसात् गरेको कुरालाई सो सम्झौताले स्पष्ट गर्छ । पछिल्ला समयमा सामूहिक भावनाका साथ अन्तरराष्ट्रिय रुपमा संयुक्त राष्ट्र सङ्घ, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क०, बिम्स्टेक, जस्ता सङ्घसंस्था क्रियाशील छन् । यी संस्थाको मुख्य मर्म र उद्देश्य आआफ्ना क्षेत्रमा शान्ति र सहअस्तित्व कायम गरी विकास निर्माणको काममा अघि बढ्नु नै हो । तत्कालीन समयमा नै यस क्षेत्रका शासक तथा भारदारमा सहिष्णुता, सहअस्तित्व, सद्भाव एवम् समन्वय र शान्तिको भावना जागृत भइसकेको चौताराले सङ्केत गर्ने इतिहासविद् बताउँछन् ।

राजाको चौताराले सहिष्णुता, सहअस्तित्व, सद्भाव एवम् समन्वय र शान्तिको सन्देश दिइरहेको र  भविष्यमा पनि दिई नै रहने डा गुरुङको तर्क छ । “गण्डकी प्रदेशको मात्र नभई नेपालकै  ऐतिहासिक पर्यटकीयस्थलका रुपमा राजाको चौताराको प्रवद्र्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।  उहाँका अनुसार तत्कालीन समयमा भएको युद्धको अन्त्य गर्दै शान्ति स्थापनाका लागि गरिएको सम्झौतालगायत विषयको प्रमाणिकता रहेको छ ।  यी विषय साविकका लमजुङ, हालको कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोट छापडाँडाका पैंडी पार्सिङ नम्जु क्रोम्छैं गुरुङका घरमा रहेको वंशावलीमा स्पष्ट रहेको छ । 

इतिहासअनुसार राजा शिव शाहका पालामा कास्की र लमजुङको युद्ध हुँदा कास्कीले मादी तरेर लमजुङको यारादीसम्म कब्जा ग¥यो । त्यसपछि लमजुङको फौज अघि बढ्यो र कास्कीको अर्घौंँ देउमाडी मुन्तिरको ओखलेगौंडामा ठूलो लडाइँ भयो । लमजुङले अर्घाँै देउमाडी र ठूलाकोट कब्जा गरेर विजयपुर खोलाको साँध लगायो । त्यसपछि कास्कीको मालमूलमा बाह्र राजाहरूको भेट हुँदा लमजुङका राजा दावादल शाहबाट ६ गाउँ याङ्जाकोटका मीर उमरा वीरसिंह क्होंगी लामा गुरुङका नाममा लालमोहर आयो र लमजुङले गजसिमलेका ११ खेत लिई अर्घौँ ठूलाकोट र देउमाडी कास्कीलाई छाडेर सन्धि गरेको थियो । कास्की र लमजुङको सिमाना मादी नदी भए पनि मालमूलमा गरिएको सम्झौतानुसार मादीपूर्वको बराल डाँडा कास्की र मादी पश्चिमको दाङसिम¥याङलाई लमजुङको कित्तामा राखिएको थियो ।

मादीको पूर्वतर्फ डाँडामा रहेको याङ्जाकोट लमजुङ राज्यको पश्चिमतर्फको मुख्य किल्ला थियो । पश्चिमतिर लडाइँ, भिडाइ, सन्धिसम्झौता आदि याङ्जाकोटको मोहोडाबाट गरिन्थ्यो । पर्यटकीय नगरी पोखरा जाने पृथ्वी राजमार्गस्थित गगनगौँडाको पूर्वपट्टि रहेको सातमुहानेदेखि अलिकति तल दक्षिणतर्फको मालमूल फाँटको पुछारमा रहेको यही चौतारा भएर काठमाडाँैंबाट पश्चिमतिर जुम्ला र किल्ला—काँगडासम्मको लस्कर चल्नाका साथै पूर्वपश्चिमबाट दक्षिण भिमादतिर जाने हुलाकको बाटो छुट्टिन्थ्यो । यो तत्कालीन समयमा पनि पूर्वपश्चिम मूल बाटामा पथ्र्यो ।

चौतारो यस क्षेत्रकै मात्र नभई समग्र राष्ट्रकै गरिमा र महत्वको स्थल भएको बताउँदै पोखरा – ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की नेपाली सेनाको सहयोगमा पुननिर्माण हुनाले यसको ऐतिहासिकता पछिल्ला पुस्तामाझ पनि जीवन्त बन्ने विश्वास व्यक्त गर्नुहुन्छ ।  “आगामी दिनमा राजाको चौतारालाई ऐतिहासिक पर्यटकीयस्थलका रुपमा विकास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “वडाभित्रका ऐतिहासिकस्थल तथा सम्पदाको संरक्षणका साथै तिनीहरूको प्रवद्र्धन गर्ने कुरालाई हामीले प्राथमिकतामा राखेका छौंँ ।”

ब्रह्मरूपा माध्यमिक विद्यालयको परिसरभित्र करिब एक रोपनी क्षेत्रमा फैलिएको चौतारा पुननिर्माण भएसँगै स्थानीयवासी पनि यस स्थलको ऐतिहासिकताको उजागर भएकामा हर्षित छन् । परिसरमा ऐतिहासिक राजाहरूको झल्को आउने श्रीपेचस्तम्भ राखिएको छ जसमा शान्तिको प्रतीक परेवा, समीको रुख, चौताराको एक छेउमा पानीसहितको माटाको घैँटो, प्रतीक्षालय, तलाउ र बगैँचा हुनाले शोभा बढेको छ ।

चौताराको उद्घाटन कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक शान्ति सम्झौता र सहअस्तित्वको केन्द्रका रुपमा चौतारालाई पर्यटन प्रवद्र्धनसँगै शान्ति, सहअस्तित्वको प्रतीक र अन्तरराष्ट्रिय सम्पदा सूचीमा राख्न आफू आतुर भएको बताउनुभयो । “ऐतिहासिकस्थलको संरक्षणका लागि सहकार्य गर्न नेपाली सेना सदैव तयार  छ,   सेना र स्थानीयवासीको पहलमा पुनःनिर्मित यस स्थललाई विश्वसामु चिनाउन सबैको प्रयास आवश्यक हुन्छ”, उहाँले भन्नुभयो । 

तत्कालीन समयमा हुलाकीहरूको हुलाक जाँच्ने र साट्ने काम पनि सोही चौताराबाट हुने भएकाले यो तत्कालीन सञ्चारको केन्द्रका रुपमा पनि स्थापित भएको बूढापाका बताउँछन् । बढ्दो बस्ती विकास, ऐतिहासिक सम्पदाको उपेक्षालगायत कारणबाट प्राचीन महत्वका स्थानको मौलिकता हराउँदै जाँदा पछिल्ला पुस्ताका लागि एकादेशको कथा बन्ने चिन्ता बढिरहेका अवस्थामा राजाको चौताको गरिमा र महत्व पनि कतै नामेट हुने त होइन भन्ने स्थानीयवासीको जागरुकतासँगै डा गुरुङकै विशेष पहलमा नेपाली सेनाबाट चौताराको पुनःनिर्माण गरिएको हो । नेपालमा गणतन्त्रको स्थापना भएपछि सो चौतारालाई ‘जनताको चौतारो’ नाम दिइए पनि यसको ऐतिहासिकता र मौलिक पहिचानलाई कायमै राख्नुपर्नेमा डा गुरुङ जोड दिनुहुन्छ ।

चौताराको पुनःनिर्माण रु चालीस लाखका लागतमा सम्पन्न भएको नेपाली सेना, मध्यकमाण्ड सेनापति बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।  सेनाले ऐतिहासिक सम्पदाको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले राजाको चौतारा नेपाली जनता र नेपाली सेनाबीचको सहसम्बन्ध र सहकार्यको एक ज्वलन्त उदाहरण भएको भएको स्पष्ट गर्नुभयो । 

पोखरा महानगर,  लेखनाथ क्षेत्रमा राजाको चौतारो जस्ता ऐतिहासिक महत्वका धेरै क्षेत्र सम्भावना भएर पनि प्रवद्र्धनका अभावमा ओझेलमा परेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले बताउनुभयो । नेपाल एकीकरणपूर्वको साक्षी राजाको चौताराका साथै नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौँ अर्चले आदि यसै क्षेत्रमा रहेको जनाउँदै उहाँले यी स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो । “लेखनाथ क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाको संरक्षणका साथै यहाँका तालतलैया र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोड्ने सङ्घको लक्ष्य छ”, उहाँले भन्नुभयो, “ऐतिहासिक सम्पदालाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्न एवम् तिनको गरिमा र महत्वलाई बचाउन सबैको साथ र सहयोग अपरिहार्य छ ।” रासस