५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पे बार्सिलोना र म्याड्रिड जाने कुरा हल्ला मात्रै, आउँदो सिजन पनि पीएसजीमै रहने



अ+ अ-

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पे घरेलु क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमै रहने भएका छन् ।

सोमबार राति पीएसजीले आफ्नो क्लबको इतिहासका लागि एम्बाप्पे आउँदो सिजन पनि पीएसजीमै रहने बताएको छ । पीएसजीले एम्बाप्पेलाई सन् २०२३ सम्मै क्लबमा राख्न खोजेको छ ।

उनलाई सन् २०१७ मा मोनाकोबाट हस्ताक्षर गराएर पीएसजीले क्लबमा अनुबन्धन गरेको थियो ।एम्बाप्पेले लिग वानको प्लेयर अफ द इयर अवार्ड जितेपछि नयाँ परियोजनाको बिषयमा बोलेपछि क्लब छाड्ने सम्भावना देखिएको थियो ।

संचार माध्यमले पनि उनि स्पेनीस कल्ब बार्सिलोना र रियल म्याड्रिड जाने बताएका थिए । तर कल्बले उनलाई नबेच्ने बताए ।

एम्बाप्पेले पीएसजीमा ८६ खेलमा ५९ गोल गरेका छन् । दुई उपाधि र एक फ्रेन्च कप जितेका छन् । एम्बाप्पे यस सिजनमा लिगमा २८ खेलमा ३२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । उनले आठ गोलका लागि सहयोग गरेका थिए ।

एम्बाप्पेले च्याम्पियन्स लिगमा ८ खेलमा ४ गोल गरेका थिए भने ५ गोल गर्न सघाएका थिए । कप डे फ्रान्समा उनले ४ खेलमा २ गोल गर्दा ३ गोलका लागि सघाउ पुर्याएका थिए ।

समग्रमा यो सिजनमा उनले ४२ खेलमा ३८ गोल गरेका थिए भने १७ गोलका लागि एसिस्ट गरेका थिए ।

२० वर्षीय एम्बाप्पेले रुस विश्वकपमा युवा खेलाडीको उपाधि जितेका थिए ।