५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित



अ+ अ-

जकार्ता । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी हुनुभएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो । इन्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ ।

सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए विश्वको सबैभन्दा ठूलो मुसलमान बाहुल्य रहेको इन्डोनेसियास्थित अमेरिकी राजदूतावासले उच्च सुरक्षा सतर्कताका लागि आह्वान गरेको थियो ।

जकार्तामा निर्वाचन आयोगको कार्यालयलगायत जाकार्ताभर कडा सुरक्षा व्यवस्था गरिएको छ । सुरक्षाका लागि सयौंको सङ्ख्यामा सैनिक तैनाथ गरिएको थियो । यद्यपि, प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका छैनन् । उनले ५ वटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिएका छन् । यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ ।