२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित



अ+ अ-

जकार्ता । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी हुनुभएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो । इन्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ ।

सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए विश्वको सबैभन्दा ठूलो मुसलमान बाहुल्य रहेको इन्डोनेसियास्थित अमेरिकी राजदूतावासले उच्च सुरक्षा सतर्कताका लागि आह्वान गरेको थियो ।

जकार्तामा निर्वाचन आयोगको कार्यालयलगायत जाकार्ताभर कडा सुरक्षा व्यवस्था गरिएको छ । सुरक्षाका लागि सयौंको सङ्ख्यामा सैनिक तैनाथ गरिएको थियो । यद्यपि, प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका छैनन् । उनले ५ वटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिएका छन् । यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ ।