५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

करारमा कार्यरत कर्मचारीहरुलाई उपदान दिने व्यवस्था गर्न सरकारसँग काँग्रेसको माग



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उसले गरेको सेवा अवधिको मूल्याँकन गरी उपादान दिन सरकारसँग माग गरेका हुन् ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरुलाई बञ्चित गराउन नहुने तर्क पनि गरे । नेता बडुले करारमा कार्यरत कर्मचारीले गरेको सेवा अवधि बराबरको उपादानको व्यवस्था गर्दा उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।