१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटीका लागि १५ कार्यसूची



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो  गठन, केन्द्रीय कमिटीमा मनोनयनलगायत १५ वटा कार्यसूची तय गरिएको छ । एकै बैठकमा यति धेरै कार्यसूचीसहित एमालेले महाधिवेशनपछि सङ्गठनात्मक क्षेत्रमा सक्रियता देखाउँदैछ । 

सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, केन्द्रीय सल्लाहकार परिषद् गठन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश कमिटीको अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, नेताको कार्यविभाजन र वरियताक्रम निर्धारण, जनसङ्गठनको सुदृढीकरण अभियानलाई कार्यसूचीमा राखिएको जानकारी दिनुभयो । 

सो पार्टीको दशौँ महाधिवेशनले निर्वाचित गरेको ३०१ सदस्यीय कमिटीमा १० प्रतिशतसम्म मनोनयन हुने व्यवस्था छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा एमालेको महाधिवेशन भएको थियो । महाधिवेशनको समापन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले आगामी तीन महिनासम्म पार्टी प्रवेश कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो । रासस