१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राप्रपाको पहिलो बैठकः एकता र सहकार्यका लागि वार्ता समिति गठन

राप्रपाको पहिलो बैठकः एकता र सहकार्यका लागि वार्ता समिति गठन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार राख्ने व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । 

राप्रपाको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले गठन गरेको सो समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहनुभएको छ । 
    
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजङ्ग उप्रेती र प्राडा गीताभक्त जोशी सदस्य सचिव रहने गरी स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ । यसैगरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्न उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा। राजेश गिरी र भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति पनि गठन गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । 

बैठकले पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवम् सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनुपर्ने रकम लेवीको निर्धारण गर्न महामन्त्री कुन्तीकुमारी शाही संयोजक रहेको समिति गठन गरेको छ । त्यस्तै पार्टीका सबै भ्रातृ सङ्गठनलाई तीन महिनाभित्रमा अनिवार्यरुपले महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना र कार्यतालिका पेश गर्न समेत बैठकले निर्देशन दिइएको छ । 

आगामी पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिलाई विस्तारित बैठक बोलाउन निर्देशन दिने निर्णय गरिएको महामन्त्री डा धवल शमशेर राणाले जानकारी दिनुभयो । महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र लक्ष्यप्राप्तिका लागि पुस महिनाको पहिलो हप्तासम्म बैठक राखी सङ्गठनलाई गतिशील र चलायमान बनाउन जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्रीय समिति, प्रदेससभा निर्वाचन क्षेत्रीय समिति र स्थानीय तहअन्तर्गतका समितिलाई बैठकले निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो । रासस