२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपालाई प्रचण्ड बहुमतको सम्भावना, मोदी पुनः पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने पक्का



अ+ अ-

काठमाडौं । भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणनाको पछिल्लो परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) भारी बहुमतसहित पुनः सत्तामा फर्कने निश्चित देखिएको छ ।

बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको सत्तारुढ गठबन्धन एनडीएले ५४२ लोकसभा सिटमध्ये एनडिएले ३४३ स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका ९१ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।

त्यसैगरी अन्य क्षेत्रीय दलहरुले १०६ सिटमा अग्रता कायम गरेका छन् । लोकसभामा बहुमतका लागि २७२ सिट भए पुग्छ । हालसम्मको अग्रता हेर्दा अर्को पाँच वर्षका लागि मोदी पुनः प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।

भाजपाले यसपटक पश्चिम बंगाल र पूर्वोत्तर भारतमा दह्रो उपस्थित देखाएको छ भने उत्तरप्रदेश, बिहार, मध्यप्रदेश, राजस्थान, गुजरातलगायतका राज्यमा क्लिन स्वीप गर्ने संकेत दिएको छ ।

यता पश्चिम बंगालको सत्तारूढ दल तृणमूल कंग्रेसले अग्रता लिएका २५ सिट छन्। भारतीय जनता पार्टीले १५ सिटमा अग्रता लिएको छ।

सन् १९७७ देखि २०१२ सम्म कम्युनिष्ट पार्टीले वंगालको सरकार चलाएको थियो। २०१२ मा तृणमूल कंग्रेसको विजयपछि भने कम्युनिष्ट पार्टीको प्रभाव कम भएको हो।

सन् २०१४ चुनावमा पश्चिम बंगालका २ सिटमा छिरेको भाजपाले अहिले आफ्नो दभदभा कायम गरिरहेको छ ।

यता उत्तर प्रदेशमा एक सिटमा मात्र कांग्रेस अगाडि छ । कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी परम्परागत क्षेत्र रायबरेलीमा अग्रता कायमै राखेकी छन् । सोनियाका छोरा एवम् कांग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धी भने अमेठीमा भाजपाकी नेतृ स्मृति इरानीभन्दा पछि परेका छन् ।

क्षेत्रीय दलहरुमध्ये पनि लालु यादवको राष्ट्रिय जनता दल, समाजवादी पार्टी, बहुजन समाज पार्टीका लागि यो चुनाव बिर्सनलायक हुने देखिएको छ ।