१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पार्टी सभापतिमा नेता प्रकाशमान सिंहको दाबी कायमै (भिडियो सहित)

पार्टी सभापतिमा नेता प्रकाशमान सिंहको दाबी कायमै (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताउनुभएको हो । उहाँले पार्टीलाई विधिसम्मत्, नियमसम्म्त र संस्थागत रुपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफु सभापतिको उम्मेदवार बन्न लागेको बताउनुभयो ।

आफ्नो उम्मेदवारीको सम्बन्धमा परापर्श भइरहेको उल्लेख गर्दै उहाँले दृढताका साथ अगाडी बढेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘१४ औँ महाधिवेशनमा नेपाली कांग्रेस पार्टीलाई विधिसम्मत्, नियमसम्मत्, संस्थागत रुपमा, राजनीतिमा शुद्धता हुनुपर्छ । राजनीति भनेको सेवाको क्षेत्र हो भनेर किसुनजीले हामीलाई सिकाउनु भएको । सेवा क्षेत्र हो यो मेवा खाने क्षेत्र होइन भन्नु मुद्धालाई अगाडी बढाएर पार्टीलाई साच्चैँ प्रजातान्त्रिक पार्टीका रुपमा आउँदा दिनहरुमा सबै चुनौतीहरु सामना गर्नसक्ने पार्टीको रुपमा बनाउनको लागि मैले पार्टी सभापतिको उम्मेदवारमा परामर्श अहिलेसम्म भइरहेको छ । तर म दृढ भएर अगाडी बढिरहेको कुरा सबैलाई भन्न चाहान्छु ।’

नेता सिंहले काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वर स्थित छक्कु बक्कु पार्कमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्नुभएको हो । उहाँले भट्टराईले दिनुभएको सिद्धान्त र आदर्शको राजनीतिको सन्देशलाई सबै राजनीतिक दलका नेताहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘हामी सबैले उहाँको सरलता, पद भनेको स्थायी होइन । पदलाई धेरै महत्व पनि दिनुहुँदैन र राजनीति गर्दाखेरी सिद्धान्त र आदर्शको राजनीति गर्नुपर्छ है, शक्तिको राजनीति मात्रै गरेर हुँदैन भन्ने शन्देश उहाँले दिनुभएको कुरा आजका सबै राजनीतिक पार्टीका नेताहरुले यसलाई स्मरण गर्दाखेरी आउँदा दिनहरु अझ राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।’

नेता सिंहले कृष्णप्रसाद भट्टराई नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुल्य, मान्यता र आदर्शको राजनीतिबाट कहिल्यै पनि विचलित नभएको पनि टिप्पणी गर्नुभयो ।