१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

रामचन्द्र गले, प्रकाशमान गलेनन्, शेखरले थाले प्रचार

रामचन्द्र गले, प्रकाशमान गलेनन्, शेखरले थाले प्रचार
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन हुन १९ घन्टा बाँकी रहँदा पनि पार्टीको इतर पक्ष भनिँदै आएको समूहले अरु पदाधिकारी त परै जाओस् सभापतिकै टुंगो लगाउन सकेको छैन । हिजो र आज गरी पटक पटक यस समूहका नेताहरु बसेका छन् तर पनि उनीहरुले सो समूहबाट सभापतिको उम्मेबार को हो भन्ने बारे टुंगो लगाउन नसकेका हुन् ।

यो सँगै नेपाली कांग्रेस संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार नबन्ने भएको छ । उता संस्थापन समूहबाट शेरबहादुर देउवा बलियो उम्मेदवारका रुपमा देखिएका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्रयास भने हिजोदेखि आज साँझसम्म नै असफल भएको छ ।

आफूले यस पटक रामचन्द्रलाई छोडेको भनी सशांक कोइरालाले घोषणा गरेपनि शेखर कोइराला भने कसैलाई छोड्ने पक्षमा देखिएनन् । उता प्रकाशमान सिंहले पनि आफूले कसैलाई नछोड्ने बताएका छन् । उनको अडानका कारण पछिल्लो पटक अप्ठेरो वरिष्ठ नेता रामचन्द्रलाई परेको देखिएको छ । यसैकारण पौडेलले हिजो साँझ चाक्सिबारीमा भएको बैठकमा पौडेलले आफूले राजनीति छोड्ने धम्की दिएका थिए । त्यति गर्दा पनि प्रकाशमान र शेखर टसको मस नभएपछि आजको अवस्था आएको छ ।

आजको पछिल्लो अवस्थामा नेता डा शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार प्लेग नै बनाएर आज साँझदेखि प्रचार नै थालेका छन् । संस्थापनइतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला विहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एकपटक, यसैपटक’ भन्दै प्रचार अभियान छेडेका छन् ।

संस्थापनइतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । पछिल्लो समय रामचन्द्र त गलेका त छन् तर उनको गलाईले साझा उम्मेदवारमा सहयोग पुग्दैन ।

किनभने उनले छोडेपनि प्रकाशमानले छोड्न नमानेपछि उता शेखर पनि आफ्नै बाटो हिँडेका हुन् । हुनत अझै पनि साझा उम्मेदबार तय गर्ने विषयमा पटकपटक बसिरहेको उनीहरूको बैठकले बस्ने भनेको छ, तर पनि अब त्यो सम्भव नभएको शेखरका नजिकका एक सहयोगीले बताए ।

प्रकाशमानले सभापतिमा आफ्नो दाबेदारी कायमै रहेको बताएका छन् । शेखरले पनि सभापतिको प्रचार थालेका छन् । तर पनि लामो दौडधुप गरेका पौडेल अन्ततः गलेका छन् । प्रकाशमान र शेखरबीच कुरा नमिल्दा पौडेलको योजना पनि सफल हुन सकेन ।

उता सभापतिबाट ब्याक भएका शशांक भने यतिबेला रहस्यमय ढंगले मौन बसेका छन् । यसकारण देउवा झन्भन्दा झन् बलियो भएका छन् । यतिखेर देशैभरिबाट आएर काठमाडौँमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरुले पहिलो चरणमै देउवा सभापति हुने निश्चित भएको बताएका छन् ।