७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : स्पेनको सानदार जित, रामोसले पनि गरे गोल !



अ+ अ-

काठमाडौं । सन् २०२० युरो कप खेलका लागि जारी छनोट खेलमा स्पेनले सानदार जित निकालेको छ ।

समूह ‘एफ’ अन्तर्गत गत राति भएको खेलमा स्पेनले फारोए आइसल्यान्डलाई उसकै घरेलु मैदानमा ४–१ गोलले पराजित गरेको हो । स्पेनको जितमा सर्जियो रामोस,जेसस नाभास र जोसे लुइस गायाले समान एक एक गोल गरे भने एक् गोल उपहार पाएको थियो । यता आइसल्यान्डका लागि एक मात्रै गोल ओल्सेनले गरेका थिए ।

खेलको पाँचौं मिनेटमै स्पेनका लागि सर्जियो रामोसले पहिलो गोल गरेका थिए । त्यसपछि १९ औं मिनेटमा जेसस नाभासले गोल गर्दै अग्रता २–० बनाए ।

त्यसपछि खेलको ३०औं मिनेटमा आइसल्यान्डले गोल फर्कायो । उसका लागि ओल्सेनले गोल गरेका थिए । तर, त्यसको ३ मिनेटपछि नै आइसल्यान्डका तेइयुर जेस्टाससनले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि खेलको ७१औं मिनेटमा स्पेनका लागि जोसे लुइस गायाले गोल गरेपछि खेल स्पेनले ४–१ ले जित्यो ।

गत राति नै भएका अन्य खेलमा युक्रेनले सर्बियालाई ५–०, चेक रिपब्लिकले बुल्गेरियलाई २–१, अस्ट्रियाले स्लोभेनियालाई १–०, इजरायलले लाटभियालाई ३–०, जर्जियाले ग्रीबाल्टारलाई ३–० ले हराउँदा डेनमार्क र नर्थ म्याकेडोनियालाई पोल्यान्डले १–० हरायो ।

यता,आयरल्यान्ड १–१,मोन्टेनेग्रो र कोसोभो १–१ को बराबरीमा रोकिए । नर्वे भने रोमानियासँग २–२ को बराबरीमा रोकियो ।