६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु, १४ घाइते



अ+ अ-

बर्दिया । भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भे१त ५७५२ नं.को ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।


गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनुभयो । घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध र नौ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगञ्ज सिफारिश गरिएको छ । नीलम र सुमनकुमारीको अवस्था चिन्ताजनक भएकाले नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक मदन सिंहले बताउनुभयो ।


वर्षेनी जेठ महीनामा लाग्ने लक्कडबाबा मेला हेर्न बर्दियाका आठ वटै स्थानीय तहको प्रत्येक बस्तीबाट धेरै सङ्ख्यामा नेपाली तीर्थालु जाने गर्छन् ।