६ आश्विन २०८१, आईतवार
,
Latest
व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठ्ठीयारहरु माथि भएको दमनको नैतिक जिम्मेवारी लिन्छु : गृहमन्त्री



अ+ अ-

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको तेश्रो बैठकमा आइतबार गुठ्ठीयारहरु माथि भएको दमनका बारेमा सांसदहरु उठाएको प्रश्नको जवाफ दिदै उनले प्रदर्शनकारी उत्तेजित भएर तोडफोडमा उत्रेपछि प्रहरीले भिडलाई नियन्त्रण लिन बल प्रयोग गरेको बताएका थिए । तर प्रतिनिधिसभाको मंगलबारको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा उनले राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताए ।

उनले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै माइतीघर मण्डलामा केही संस्था, समिति,सम्पदा बचाउ अभियान लगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेको आरोप लगाए ।

उनले प्रदर्शनकारीले सडकमा सुतेर सडक अवरोध गर्नुका साथै सुरक्षामा खटिएका प्रहरी माथि ढुङ्गा मुडा प्रहार गरेका कारण प्रहरीले बाध्य भएर सामान्य धरपकड गरेको बताए ।

उनले भने ‘शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं ।’

सरकारले नागरिकको अधिकारलाई बरबर दमन गर्‍यो, कुण्ठित गर्‍यो भन्ने भनाइ गलत भएको भन्दै उनले शान्ति सुरक्षा कायम गरी सार्वजनिक यातायात सुचारू गर्नका लागि राज्यले आफ्नो दायित्व बहन गरेको सदनलाई जानकारी गराएका हुन्।

गृहमन्त्रीको जवाफपछि पुष्पा भुसालले गृहमन्त्री थापाले नेवा: आन्दोलनलाई अरु संघ संस्थासँग जोडेर यो आन्दोलन भइरहेको भनेर आन्दोलनलाई कमजोर बनाउने काम गरेको भन्दै घटनाप्रति सरकारले खेद प्रकट गर्नुपर्ने र जिम्मेवार हुनुपर्ने बताए। कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँडले चौरमा बसेकातथा पक्राउ गरिसकेपछि पनि प्रहरीले लात्तैलात्ताले हानेको भन्दै नैतिक जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्न गरे । सत्तारुढ समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा किन हानेको भन्ने प्रश्न गरे ।

जवाफ दिने क्रममा गृहमन्त्री बादलले घटनाको नैतिक जिम्मेवारी लिने बताएका छन् । उनले भने, ‘सरकारले नैतिक जिम्मेवारी लिन्छ । जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुनुपुर्छ । महानरीय प्रहरीले छानविन पनि गरिरहेको छ ।’

नियमविपरित बल प्रयोग गरे नगरेको बिषयमा अध्ययन गरिने र सोको प्रतिवेदन आएपछि कोहि दोषी देखिए कारवाही गर्ने आश्वासन पनि उनले दिए ।

आइतबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकडको विरोध गर्दै सोमबार संघीय संसदको कामकारबाही अवरुद्ध पारेका थिए । सांसदहरुले यस बिषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने भनेपछि गृहमन्त्री थापाले आज घटनाका बारेमा जानकारी गराएका हुन् ।

यता सांसद प्रेम सुवालले टिपर आतंक यथावत् रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए।