१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अत्यधिक चिसोले घरभित्रै नाकाबन्दीः जनजीवन अस्तव्यस्त

अत्यधिक चिसोले घरभित्रै नाकाबन्दीः जनजीवन अस्तव्यस्त
अ अ+ अ-

जाजरकोट । चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँटहरु १ देख्दा आहा लागे पनि त्यो क्षणभरिमै पीडाका रुपमा रुपान्तरण हुने गर्दछ । घुम्नका लागि रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भएपनि बर्सेनि उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको पीडा थपिँदै गएको छ । 

असमान आर्थिक बाँडफाँड प्रणालीका कारण उपल्लो डोल्पामा राज्यको अनुभूति गराउन नसकेको स्थानीयवासीको गुनासो छ । मध्यपहाड र तराई क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधैँ एकै नासको हुने गर्दछ । झन्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रुपमा आफ्नो परिचय बनाउँदै आएको छ । 

“पशुचौपायालाई उवाको जम्मा गरिराखेको पराल खुवाउने र सर्वसाधारण घरभित्र थुनिएर बस्नुपर्ने बाध्यता छ”, डोल्पोबुद्ध गाउँपालिका–१ धो मा बस्दै आएका पेमा गुरुङले भन्नुभयो, “छिमेकी गाउँहरुमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ । भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना  देखिँदैन । यहाँका सर्वसाधारण बिरामी भएमा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था छ ।” 

चिसोका कारण उपल्लो डोल्पाका सातवटा प्रहरी चौकीसमेत सदरमुकाम दुनै सारिएको छ । चिसोसँग मुकाबिला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै सारिएको हो । उपल्लो डोल्पा अहिले सुरक्षाविहीन अवस्थामा रहेको पेमाले बताउनुभयोे । “हुने खानेहरु सदरमुकाम दुनैसहित देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरु मात्र हिउँको खालमा बस्न बाध्य भएका छन् ।”

गर्भवती, सुत्केरी र बालबालिकालाई चिसोले भारी समस्या बनाउने गरेको छ । सञ्चार सम्पर्कसमेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ । हिमपातकै कारण उपल्लो डोल्पामा चार महिना नियमित लगाउने खोप सेवासमेत बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमख सिंहराज शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँले बाटो बन्द छ, हेलिकोप्टरमा खोप लिन सक्ने हाम्रो क्षमता छैन । कम्तीमा चार महिना त पूरै खोप बन्द हुने गर्दछ ।” चिसो मौसममा पुग्ने गरी खाना जम्मा गरेर यहाँका स्थानीयवासी राख्ने गर्दछ । उपल्लो डोल्पामा सञ्चालनमा रहेका सरकारी कार्यालय र स्थानीय तहका कर्मचारीसमेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गरेका छन् । 

उपल्लो डोल्पाका तीन पालिकालाई छुट्टै क्षेत्र बनाएर राज्यले सेवासुविधा दिनुपर्ने त्यहाँका नागरिकले केही दिनअघि डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग माग गरेका थिए । त्यो वेला अध्यक्ष प्रचण्डले यसमा आफूले गर्ने आश्वासन दिनुभएको थियो । 

उपल्लो डोल्पा सधैँ चिसो र हिउँले सेताम्य हुन्छ । मध्य डोल्पामा मध्य खालको मौसम हुनेगर्दछ भने तल्लो डोल्पाको  मौसम जाजरकोटसँग मिल्दोजुल्दो रहेको छ । यहाँको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ । उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टहरुसमेत चिसोले प्रभावित हुने गरेका छन् । सुरक्षाका कारण देखाउँदै सुलिगाडमा झारिएको कार्यालय अहिलेसम्म उपल्लो डोल्पामा सार्न नसकिएको निकुञ्जले जनाएको छ । 

चिसो मौसमका कारण स्वास्थ्य संस्थासम्म बिरामी जान नसक्दा स्थानीय आम्चीद्वारा उपचार कार्य हुने गरेको स्थानीयवासी बताएका छन् । स्थानीय जडीबुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन् । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रुपमा स्थापित छ । हिउँ चितुवालगायत संरक्षित जनावरहरु उपल्लो डोल्पामै पाइन्छ । 

हिउँका कारण विकास निर्माणमा बाधा

उपल्लो डोल्पामा हिमपातका कारण विद्यालयसमेत बन्द गरिएको छ । हिउँ पग्लिएपछि मात्र विद्यालय खुल्नेछन् । अहिले विकास निर्माणका समेत सबै ठप्प भएका छन् । चैतबाट मात्र विकास निर्माणका काम सुरु हुने छन् । उपल्लो डोल्पामा हिउँ पग्लिएपछि मात्र विकास निर्माणको काम हुने गर्दछ । आर्थिक वर्षसमेत बदल्नुपर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन् । (रासस)