२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान संविधानप्रति लोसपाको असन्तुष्टि कायमै छः अध्यक्ष ठाकुर



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वर्तमान संविधानप्रति आफ्नो पार्टीको असन्तुष्टि कायमै रहेको बताउनुभएको छ । 

संविधान जारी हुनुपूर्व मस्यौदा सार्वजनिक हुँदा नै मधेशमा असन्तुष्टि रहेको र त्यसले मधेशमा शान्तिपूर्ण आन्दोलनको रुप लिएको उहाँले बताउनुभयो । सोही आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई रिहा गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले मधेशको मुद्दा सम्बोधन नभए विष्फोट हुने बताउनुभयो ।

नेता ठाकुरले पार्टीमा स्थिरता चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा स्थिरता भएन भने सरकार पनि स्थिर हुँदैन ।’ उहाँले सरकार स्थिर नहुँदा नै सरकारी अंग प्रभावित भएको भन्दै संसदीय कार्य र अदालतको काम कारवाहीको उदाहरण दिनुभयो । अहिले बेन्च र बारमा विवाद छ भन्दै उहाँले जनताले पाउनुपर्ने सेवा र न्यायमा असर परिरहेको बताउनुभयो । न्यायालय संवैधानिक निकाय भएकाले अरुले हस्तक्षेप गर्न नमिल्ने भन्दै उहाँले सर्वोच्च अदालत आफैँले यसको समाधान दिनुपर्ने बताउनुभयो ।