१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः आर्मीले च्यासललाई हरायो



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत विभागीय टिम त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार भएको खेलमा च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक एक गोल गरे ।

खेलको १९ औं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

जगजितले खेलको ३६ औं मिनेटमा गोल गर्दै आर्मीलाई २–० को जित दिलाए ।

जितसँगै आर्मीले ४ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

यता, च्यासल ४ खेलमा ४ अंकसहित नवौं स्थानमा रहेको छ ।  खेलको म्यान अफ दि म्याच आर्मीका जगजित श्रेष्ठ चुनिए ।