१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा प्यानलबाट प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बनाउन देउवा र सिटौलाबीच सहमति



file
अ+ अ-

काठमाडौँ — नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहकार्य गर्ने सहमति भएको छ । यी दुबै समूहबीच केही समयअघि देखि नै प्रदेश र जिल्ला तहमा भएका निर्वाचनहरुमा सहकार्य भइरहेका थिए ।

देउवा र सिटौलाले महाधिवेशन उद्घाटन गर्नुभन्दा अघि बालुवाटारमा बसेर सहमति गरेको समाचार बाहिरिएको छ । यो सहमति साँच्चिकै कार्यान्वयनमा आए देउवा पक्षबाट महामन्त्रीका आकाँक्षीहरु बालकृष्ण खाण, डा प्रकाशशरण महत र ज्ञानेन्द्र बहादुर कार्कीमाथि दबाब सिर्जना हुनेछ ।

उद्घाटन सत्र सकिएपछि सिटौलाले आफूनिकट नेताहरूलाई बोलाएर सहमतिबारे जानकारी गराएका थिए । महाधिवेशन उदघाटनका अवसरमा बोल्दै सिटौलाले युवापुस्तालाई अघि बढाउन आफू तयार रहेको र त्यसका लागि त्याग गर्न पनि पछि नहट्ने बताउनु भएको थियो । देउवासँग भएको पछिल्लो सहमति अनुसार सिटौलानिकट प्रदीप पौडेल अब देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार बन्नेछन् ।

सहमति अनुसार अब सभापतिमा सिटौलाले देउवालाई सघाउने छन् ।

देउवाकै प्यानलबाट सिटौला पक्षका अर्का नेता उमाकान्त चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ । महाधिवेशन उद्घाटन अगावै देउवा–सिटौलाबीच बालुवाटारमा भेटवार्ता भएको स्रोतको भनाई छ ।