१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्छः प्रदीप पौडेल

पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्छः प्रदीप पौडेल
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बनेपनि सदस्यतामा अझै समावेशिता नभएको बताउनु भएको छ । आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले आगामी दिनमा पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताउनु भयो । 

नेता पौडेलले बिपी कोईरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले समाजमा भएका विकृतिलाई चिर्नका लागि काम गर्नुपर्ने पनि बताउनु भयो ।

नेता पौडेलले भन्नुभयो, ‘हाम्रो संरचनागत समावेशिताको एउटा आधार बनेको छ । तर सदस्यतामा अझै पनि समावेशिता भएको छैन । आगामी दिनमा हामीले त्यो पक्षलाई गम्भीर ढंगबाट हेनुपर्छ । व्यवहारिक पक्षमा संविधानमा लेखेबमोजिम हामीले पार्टी, समाजलाई र मान्छेका मनोविज्ञानहरुलाई समावेशी बनाउन सकिरहेका छैनौँ । त्यो पक्षमा पनि नेपाली काँग्रेसले गम्भीर ढंगबाट काम गर्न जरुरी छ । बिपी कोईरालाको समयमा नेपाली काँग्रेस पार्टी वैचारिक रुपमा जुन ढंगबाट धारिलो थियो । त्यही ढंगबाट, यही रुपमा नेपाली काँग्रेसलाई धारिलो बनाउन आवश्यक छ । यो समाजका सबै विभेदहरुलाई अन्त्य गर्ने प्रयत्न बिपी कोईरालाको नेतृत्वले गरेको थियो । समाजमा भएका सबै विकृतिबाट चिर्ने प्रयत्न त्यतिबेला गरेको थियो । तर त्यही स्वरुपमा आज हामीले गर्न सकिरहेका छैनौँ ।’

नेता पौडेलले नेपाली काँग्रेसभित्र वृहत एकता कायम गर्न आवश्यक रहेको बताउँदै कार्यकर्ताहरुको भावनालाई प्रतिनिधित्व हुनेगरी नेतृत्व चयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पार्टीका नेताहरु भावनात्मक रुपमा एक हुन नसकेको भन्दै अन्तरसम्बन्धलाई व्यवस्थित गरी एउटा काँग्रेसीलाई चोट लाग्दा सबैलाई दुख्ने स्थिती सिर्जना गर्ने स्थिती सिर्जना गर्नुपर्ने बताउनु भयो ।