१९ असार २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी समायोजन विधेयक अन्तिम चरणमा, यस्तो नयाँ नियम



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रदेश प्रहरी प्रमुख (डीआईजी) केन्द्रमातहत रहने गरी प्रहरी समायोजन विधेयकलाई अन्तिम रूप दिएको छ ।

समितिको आइतबार बसेको बैठकले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ लाई परिमार्जनसहित अनुमोदन गरेको हो ।

समितिमा सर्वसम्मतिले अनुमोदन भएको विधेयक दुवै सदनबाट सजिलै पारित हुनेछ । विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि प्रदेशमा प्रहरी समायोजन सुरु हुनेछ । विधेयकमा प्रदेश प्रहरी प्रमुख ९डीजाईजी० का अतिरिक्त केन्द्रबाटै खटिएका एसएसपी र एसपीसमेत राख्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारको सहमतिबिना केन्द्र सरकारले प्रदेश प्रहरी प्रमुख सरुवा गर्न सक्ने छैन । केन्द्रबाट प्रदेशमा खटिने डीआईजी, एसएसपी र एसपीको सरुवा गर्न प्रदेश सरकारको पूर्वसहमति लिनुपर्ने प्रावधान विधेयकमा छ । विशेष परिस्थितिमा मात्र केन्द्रले प्रदेशको सहमति नलिई प्रदेश प्रहरी प्रमुखको सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ ।

विधेयकअनुसार केन्द्रमातहत रहने प्रहरीलाई ‘नेपाल प्रहरी’ र प्रदेशमा समायोजन भएर जानेलाई ‘प्रदेश प्रहरी’ भनिनेछ । समायोजन भएर जाने प्रहरी डीएसपी हुँदासम्म प्रदेशमातहत रहन्छन् भने एसपीमा बढुवा भएपछि स्वतः केन्द्रमातहत आउने व्यवस्था गरिएको छ । प्रदेशमा भर्ना हुने प्रहरी एसएसपीसम्म मात्र बढुवा हुन पाउने छन् ।

समायोजन भएर प्रदेशमा जाने प्रहरी बढुवा भएर केन्द्रमा समेत प्रहरी महानिरीक्षकसम्म बन्न पाउने छन् । प्रदेश कानुनअन्तर्गत भर्ना भएकाले भने प्रदेशको उच्चतम पद ‘एसएसपी’ सम्म मात्र बढुवा हुन पाउने छन् । प्रदेश कानुनअनुसार भर्ती भएका प्रहरीलाई केन्द्रमा महानिरीक्षक हुन बन्देज लगाइएको छ । प्रदेश प्रहरीमा बढुवा भएर एसपी र एसएसपी नभएसम्मका लागि मात्र केन्द्रबाट ती पदमा पठाउने व्यवस्था विधेयकमा छ ।

विधेयकमा समायोजन भएर जाने प्रहरीको पोसाक संघको जस्तै हुने तर दर्ज्यानी चिहन भने प्रदेशअनुसार फरक हुन सक्ने व्यवस्था गरिएको छ । प्रदेश सरकारले आफ्ना प्रहरीका लागि छुट्टै दर्ज्यानी चिहन तोक्न सक्ने व्यवस्था विधेयकमा छ । समितिले सुरक्षा निकायलाई एकरूपता दिन संघ र प्रदेश प्रहरीको पोसाक एउटै गर्ने प्रावधानमा सहमति गरेको छ ।

समितिले विधेयकमा निजामती कर्मचारी सायोजन ऐनसँग समान हुने गरी प्रदेशमा समायोजन भएर जाने प्रहरीको तलबमा दुई ग्रेड वृद्धि हुने प्रावधान राखेको छ । समायोजनमा जाने प्रहरीको मनोबल कमजोर नहोस् भन्नका लागि निजामती कर्मचारीको जस्तै प्रहरीको समेत ग्रेडवृद्धि हुने व्यवस्था विधेयकमा गरिएको जानकारी समितिले दिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।