१० असार २०८३, बुधबार
,
Latest
रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज भन्सारमा ७ हजार मेट्रिक टन रासायनिक मल अलपत्र



अ+ अ-

वीरगञ्ज । सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल विरगञ्ज भन्सारमा एक वर्ष देखि अलपत्र रुपमा फालिएको छ ।

गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो । तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तर हिन भएको भन्दै भन्सार पास नहुँदा विरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ ।

सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकता बन्दरगाहमा धेरै समय बसेको थियो । कोलकता बन्दरगाहका बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो । कोलकताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो । कोलकता भन्सारमा छाड्न नमिलेकाले विरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलफत्र रुपमा छाडिएको छ ।

ड्यामेज भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ । भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फालिएको छ ।

अलफत्र रुपमा फालिएको मल गथत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । उक्त मल २०७७ असोज १८ गते बन्दरगाह २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता २५ सय मेट्रिक टन (५० हजार बोरा) मल आइपुगेको थियो ।

सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमा नै अलपत्र रुपमा कामै नलाग्ने गरि फालिएको छ । भने यता किसानहरुले अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन् ।

तस्बिरहरु :