काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आज पनि संसद् चल्न नदिने भएको छ ।
सभामुखले निरन्तर षड्यन्त्र गरिरहेको र सरकारको चासो नभएको भन्दै एमालेले संसद्मा विरोध प्रदर्शन जारी राख्ने भएको हो ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अहिले एमालेले विरोध मात्रै गरिरहेका र आवश्यक परे अवरोध नै गर्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘सभामुखले षड्यन्त्र गर्दै जाने, हामी मान्दै जाने हुँदैन। सरकार संसद्मा आएको गतिरोधका विषयमा कुरा गर्दैन। प्रतिपक्ष लतारिएर जाँदैन।’
सरकारले प्रतिपक्ष पार्टी फुटाउन लागेको र सभामुख त्यस खेलका मतियार बनेको बताउँदै यस्तो गतिविधि नसच्चिएसम्म विरोध जारी राख्ने ओलीको भनाई छ ।











