४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनी आजदेखि कस्मिरमा गस्ती गर्दै



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी आजदेखि जम्मु कास्मिर उपत्यकामा गस्तीमा गएका छन्।उनी प्याराकमाण्डोको बटालियनमा १५ दिन ड्युटी गर्नेछन् ।

प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले सेनाको पोसाकमा गस्ती गर्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

१५ अगस्त उनले त्यहीँ मनाउनेछन् । त्यसपछि प्रशिक्षणका लागि बैंग्लुरु पुग्नेछन् । आतंकवादग्रस्त क्षेत्रमा धोनीले १९ किलोग्राम वजन भएको वन्दोवस्तीका सामान लिएर हिँड्नुपर्नेछ ।

३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए।यसअघि प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने धोनीको चाहनालाई भारतीय सेनाका जनरल बिपिन रावतले अनुमति दिने बताएका थिए।

प्याराकमान्डो को जुन बटालियनमा धोनी तैनाथ हुनेछन्, त्यहाँ विभिन्न सैनिक युनिटहरु रहेका छन् । त्यहाँ देशका विभिन्न क्षेत्रबाट आएका करिब ७ सय सैनिक रहेका छन् । त्यसमा गोरखा, राजपूत, जाटजस्ता सबै रेजिमेन्टका सैनिक सामेल छन् ।त्यहाँ धोनीले दिन र रात दुवै सिफ्टमा ड्युटी गर्ने बताइएको छ ।

धोनीले गत आइतबार आफू २ महिना सेनामा बिताउने भारतीय क्रिकेट टिमका चयन समितिलाई बताएका थिए। टेस्टबाट संन्यास लिइसकेका धोनीले एकदिवसीय र टी–२० खेलबाट तत्काल सन्यास नलिने पनि बताएका थिए।

धोनी इण्डिज जाने टिममा नभएपछि भारतीय क्रिकेट बोर्डले रिशव पन्तलाई विकेटकिपरको भूमिका दिएको छ। पन्त वान डे र टी–२० फर्म्याटको क्रिकेटमा विकेटकिपर बन्न पाउनेछन्। टेस्टमा भने ऋद्धिमान साह पनि विकेटकिपरको रुपमा टिममा छन्।