काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई पुर्पक्षका लागि जिल्ला अदालत काठमाडौंले थुनामा पठाएको छ।
मंगलबार आदेश गर्दै जिल्ला अदालतले युनुससहित अन्यलाई थुनामा पठाएको प्रहरीले जनाएको छ। गत जेष्ठ १० गते युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जनालाई पक्राउ गरिएको थियो ।
कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए । दुई वटा नक्कली भारूको व्रिफ केशरिसिभ गर्न नसरुद्दित उनीहरुलाई पुगेका थिए । सोहि क्रममा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो ।
अन्सारी यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए ।अन्सारीलाई केन्द्रीय कारागारभित्रै भारतीय सार्प सुटरले गोली हानेका थिए । गोली लागि उनी घाइते समेत भएका थिए ।
केही समयअघि मात्र जेलबाट छुट्नासाथ उनी पाकिस्तान पुगेका थिए। उनी पूर्वमन्त्री सलीम मियाँ अन्सारीका पुत्र हुन्।