९ आश्विन २०८१, बुधबार
,
Latest
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण



अ+ अ-

काठमाडौं ।नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा (एमाले) को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उनले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गरेका हुन् । बल्खुपछि मन्त्री भटृराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिस डाँडास्थित पार्टी कार्यालयमा शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा बनाइएको शहीद तथा बेपत्ता योेद्धा स्तम्भमा समेत माल्यापर्ण गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

शहीदको बलिदानबाटै अहिले हामी यो अवस्थामा आइपुग्न सफल भएको बताउँदै उनले नेपाल वायुसेवा निगमको साखलाई उचाइ पु¥याउने र निर्माणाधीन पोखरा, बारा तथा लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई निर्धारित समयभन्दा चाँडै नै बनाइनेसमेत बताए ।

बुधबार पर्यटनमन्त्रीमा नियुक्त भएपछि मन्त्री भट्टराई लैनचौरस्थित शहीद स्तम्भ पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।