७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार रविश कुमारलाई प्रतिष्ठित रेमन म्यागसेसे सम्मान प्रदान



अ+ अ-

काठमाडौं । हिन्दी समाचार च्यानल एनडीटीभी इन्डियाका सबैभन्दा लोकप्रिय अनुहार तथा वरिष्ठ पत्रकार रविश कुमारलाई प्रतिष्ठित रेमन म्यागसेसे सम्मान प्रदान गरिएको छ ।

अवार्ड प्रदान गर्ने संस्थानले रविश कुमारले आफ्नो पत्रकारितामार्फत् उपेक्षा गरिएका व्यक्तिहरुको आवाजलाई मूलधारमा ल्याएको बताएको छ । रेमन म्यागसेसे संस्थानले भनेको छ, ‘यदि तपाईं मानिसको आवाज बन्नुहुन्छ भने तपाईं पत्रकार हो ।’

यो सम्मान एशियामा साहसिक र परिवर्तनकारी नेतृत्वका लागि दिइन्छ ।रविशबाहेक सन् २०१९ को म्यागसेसे अवार्ड म्यान्मारका को स्वे विन, थाइल्याण्डको अंगखाना निलापाइजित, फिलिपिन्सका रेमुन्डो पुजान्ते र दक्षिण कोरियाका किम जोंग–कीलाई पनि प्रदान गरिएको छ ।