२१ भाद्र २०८३, आईतवार
,
Latest
मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार रविश कुमारलाई प्रतिष्ठित रेमन म्यागसेसे सम्मान प्रदान



अ+ अ-

काठमाडौं । हिन्दी समाचार च्यानल एनडीटीभी इन्डियाका सबैभन्दा लोकप्रिय अनुहार तथा वरिष्ठ पत्रकार रविश कुमारलाई प्रतिष्ठित रेमन म्यागसेसे सम्मान प्रदान गरिएको छ ।

अवार्ड प्रदान गर्ने संस्थानले रविश कुमारले आफ्नो पत्रकारितामार्फत् उपेक्षा गरिएका व्यक्तिहरुको आवाजलाई मूलधारमा ल्याएको बताएको छ । रेमन म्यागसेसे संस्थानले भनेको छ, ‘यदि तपाईं मानिसको आवाज बन्नुहुन्छ भने तपाईं पत्रकार हो ।’

यो सम्मान एशियामा साहसिक र परिवर्तनकारी नेतृत्वका लागि दिइन्छ ।रविशबाहेक सन् २०१९ को म्यागसेसे अवार्ड म्यान्मारका को स्वे विन, थाइल्याण्डको अंगखाना निलापाइजित, फिलिपिन्सका रेमुन्डो पुजान्ते र दक्षिण कोरियाका किम जोंग–कीलाई पनि प्रदान गरिएको छ ।