४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्ण बहादुर राजीव रहेका छन् ।

ललितपुर प्रहरीका अनुसार शुक्रबार अपरान्ह १ बजेको आसपासमा भएको झडपमा जेल जीवन बिताइरहेका राजीवको मृत्यु भएको हो ।

जबरजस्ती करणी मुद्दाका दोषी राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन् । आक्रमणकारीको नाम पवन महतो रहेको प्रहरीले जनाएको छ ।महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए ।

दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दी गएर छुट्टाएका थिए ।

आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।