२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पुनसँग मोरक्कोका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि मोरक्कोका राजदूत मोहम्मेद मल्लिकीले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र मोरक्कोको औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको र दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै आएको बताए ।

नेपालका लागि मोरक्कोका राजदूत मल्लिकीले नेपाल मोरक्कोको असल मित्र राष्ट्र भएको बताए । उनले कृषि लगायत विविध क्षेत्रमा नेपालसँग सहकार्य गर्न मोरक्को जहिल्यै तयार रहेको बताए । उनले नेपालको कृषि क्षेत्र मोरक्कोको प्राथमिकतामा रहेको बताए ।

मोरक्कोका राजदूतले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिंदै उक्त अवसरमा मोरक्कोका नागरिकलाई नेपाल भ्रमण गर्न आफूले सहजीकरण गर्ने बताए ।