काठमाडौं । मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २/२ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गुवापाटी पोष्टमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई, हिगुवापाटीको प्रहरी चौकी पाँचखालमा कार्यरत हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामगादे, पाँचखाल र बनेपा ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान हरिचन्द्र बाँनिया र प्रहरी हवल्दार रामहरी मानन्धर रहेका छन् ।
बालुवा लिएर आउने टिपरसँग विभिन्न बाहना बनाई उनीहरुले घुस लिने गरेको सूचनाको आधारमा पुगेको अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोँलीले उनीहरुलाई पक्राउ गरेका हुन् ।