२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौको पहिलो हप्ता उपत्यकामा सार्वजनिक विद्युतीय यातायात गुड्छ



अ+ अ-

काठमाडौं । सुन्दर यातायातले भदौको पहिलो हप्ताभित्र विद्युतीय सार्वजनिक यातायात शुरु गर्ने भएको छ । १७ साउनमा रिपोर्टर्स क्लब नेपालमा वेवसाइट विमोचन गर्दै यातायातले काठमाडौं उपत्यकाभित्र विद्युतीय यातायात संचालनमा ल्याउन लागेको जानकारी दिएको हो ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले शुरुमा काठमाडौं उपत्यकाको रिङरोडमा विद्युतीय बस संचालन गरी देशभर विस्तार गर्ने योजना सुनाए । उनले भने,‘भदौंको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’

बसका लागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने बताए । विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने जानकारी दिए । अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने बताए । यातायात संचालनमा निके अवरोध खडा भएको सुनाए । बाधा अवरोध फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएको बताए । अवरोधका बाबजुद काम शुरु गर्न लागेकोमा सबैको सहयोगका आशा व्यक्त गरे ।

कार्यक्रममा सुन्दर यातायात प्रा।लि।को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेभ साइटको विमोचन गरेका थिए । उनले यातायात संचालनपूर्व निकै अवरोधहरु पन्छाउनुपरेको सुनाए । अवरोधका बाबजुद यातायात संचालनमा आउन लागेकोमा सफलताको कमना गरे ।

यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रशंशा गरे । विद्युतीय सवारी साधनसम्बन्धी जानकार शैलेन्द्र बहादुर थापाले विद्युतीय यातायातको विशेषताबारे जानकारी दिए । देशको अर्थतन्त्रमा मात्र नभई वातावरणमा समेत यसले फाइदा पुग्ने जानकारी दिए ।

कार्यक्रममा सुन्दर यातायातका संचालक सुरेश पोखरेलले आगामी योजना बताएका थिए । संचालक मनिता जीसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सुन्दर यातायातले विद्युतीय बस सेवा संचालन गर्न लागेकोमा दिएको शुभकामना पढेर सुनाएकी थिइन् ।

कार्यक्रममा कान्तिपुर एफएमका निर्देशक दिनेश डि.सी.ले सुन्दर यातायात प्रा।लि को कदम सेवामूलक र भरपर्दो हुने विश्वास व्यक्त गरे । काठमाडौ महानगरपालिका नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटााले शुभकामना मन्तव्य राखेका थिए ।