१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धा बागी-३ मा एयर होस्टेसको भूमिकामा देखिदै



अ+ अ-

श्रद्धा कपूर आफ्नो चलचित्रको करियरमा फरक फरक भूमिकामा देखिने गर्छिन् । यसपटक पनि श्रद्धा फरक भूमिकामा नै देखिने भएकि छिन् ।

यसपटक उनि टाइगर श्रॉफको फिल्म बागी-३ मा एयर होस्टेसको भूमिकामा देखिन लागेकी छिन् यसअघि श्रद्धा बागी र बागी-२ मा लभर गलको भूमिकामा देखिएकी थिइन् ।

भारतिय संचार माध्यमका अनुसार यतिबेला उनि एयर होस्टेससँग सम्बन्धित कुराहरु सिक्नमा केन्द्रित रहेकी छिन् । उनले बलिउडका कलाकारहरुसँग यस रोलका लागि केहि मात्रामा टे«निङ समेत लिएकी छिन् ।

यस चलचित्रलाई अहमद खान र फरहाद सामजीले बनाउन लागेका हुन् । यस चलचित्र सेप्टेम्बरदेखि छायांकनमा जाने बताइएको छ ।