१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रचण्ड र माधव अस्थिरताको संवाहक : केपी ओली (भिडियो सहित)

प्रचण्ड र माधव अस्थिरताको संवाहक : केपी ओली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ  । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गर्नु भएको छ ।

अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दाबी समेत गर्नुभयो । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बुधबार आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यहरुको सपथग्रहण कार्यक्रममा बोल्दै उहाँले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रुपमा भने प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताउनु भयो ।

उहाँले उनीहरुको कनेक्सन कहाँ छ ? भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको बताउनु भयो । अध्यक्ष ओलीले माओवादीले जनयुद्ध भनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम विगतमा पनि गरेको जिकीर गर्नु भयो । उहाँले भन्नुभयो,  ‘अहिले राष्ट्र दुई ध्रुवमा विभाजित हुँदै गएको छ । यसलाई अलि समन्वयात्मक ढंगले सुव्यवस्था, सुशासन र समृद्धि तर्फका हाम्रा प्रयासहरुमा सिंगो देश केन्द्रित हुनु पर्दथ्यो । स्थिरता र स्थायित्वतर्फ सिंगो देश केन्द्रित हुनु पर्दथ्यो । तर भएन, भएको छैन र यतापटि जाने स्थिति पनि देखिदैन । किनभने अस्थिरता मच्चाउने खोज्ने शक्तिहरु क्रियाशील छन् । नियन्त्रित अस्थिरता । खुलस्त भनिराखेका छन्– कतिपय शक्तिहरुले नियन्त्रित अस्थिरता । हाम्रो नीती हो, नेपालको सन्दर्भमा । त्यो भनिराखेका छन र त्यसका लागि र ती कामहरु गर्ने शक्ति चाँही यहाँ छ । नियन्त्रित अस्थिरताका संवाहक शक्तिहरु । अस्थिरता मात्रै क्रियट गर्न खोज्ने, ती शक्तिहरु छन् ।

अहिले ती शक्तिहरुमा सबभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका संवाहक तत्वहरु यिनै हुन् । यसमा कुनै भ्रम राख्नु पर्दैन र अझै कतिपय साथीहरुमा कम्युनिष्ट एकता । यस्ताहरुअस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ रु त्यो एकीकरण सम्भवनै छैन । हामीले राम्ररी चिनिसकेका छौं–यिनको कनेक्शन कहाँ छ ? तार कहाँ जोडिएको छ रु कहाँबाट स्विच अन अफ हुन्छ । यो हामीेले देखेका छौं । छर्लङगैं देखेका छौं । महान जनयुद्ध भनेर युवा र जनताहरुलाई, महिलाहरुलाई दूर्गम ठाउँहरुबाट उरालियो । सुगम ठाउँहरुबाट उरालियो । युवाहरु ज्यान दिन तयार भए । होमिए । परिवर्तन भनेर । हतियार कहाँबाट आयो ? त्यतापटिट फर्किएर हेर्न दिइएन । एउटा सेन्टिमेन्ट ल्याइयो । तर यति बुझिएन, यति हेरिएन । कहाँबाट कसले हतियार दिँदैछ नेपालमा ? अस्थिरता ल्याउनलाई । नेपालमा जनयुद्ध नामको सफल हुँदैनथ्यो किनभने सफल गर्न सुरु गरेकै होइन । त्यो त अस्थिरता क्रियट गर्न, त्यो त एउटा बार्गेनिङ चिप्स हो । गोडाको लगाम आफ्ना हातमा हुन्छ नि । लगाम हातमा राख्ने एउटा विधि हो । त्रसित, अशान्त, अस्तव्यस्त बनाई दिने र आफ्नो दुनो सोझ्याउने नीति अन्तरगतका कुराहरु भए । बाहिरका अरु देशका तालिक केन्द्रहरुमा तालिम दिईन्थ्यो बकाइदा । कुनै कथा त होईन नि । तालिम लिएर आएका साथीहरु त छदैछन । तर त्यतिबेला महान क्रान्तिको सेन्टिमेन्ट त्यतातिर लगियो । बुझ्न उनीहरुले राम्ररी पाएनन् । के गर्न खोजिदैछ त ? र मामुली कर्मचारीहरु, मामुली पेड मान्छेहरु नेता भए । धोकापूर्ण ढंगले । र देशले अलि दुःख पायो ।’

अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको गम्भिर आरोप छ । सेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकैहोस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरु लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डले यो सेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ रे । साम्राज्यवादको विकसित रुपचाँही लेलिनभन्दा पनि अलि बढि नै जान्ने भएछन–दुई स्टेप । पूँजीवाद विकसित रुप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्यो भन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ भनेर प्रचण्डल नयाँ थेसिस ठोक दिए । दुई दिनमा सेयर बजार धरासायी । त्यसले जनताको जीवनमा कति असर हुन्छ, सेयर लगानीकर्ताहरुको अवस्था कस्तो हुन्छ ? तिनीहरुको आर्थिक स्थिति के हुन्छ रु केही पनि मतलव छैन ।

अर्थतन्त्रको केही पनि मतलव छैन । कुन सेयरवालाले चन्दा दिएनन होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए । यदि हामीले त्यस्तो गर्थेऊ भने सडक तात्थे, माईतीघरले पुग्दैन थियो । सञ्चार माध्यामहरुमा आगो बल्थ्यो । शान्त छ । चुपचाप । शान्त । आराम । आनन्द छ सबलाई । कोही बोल्दैनन् । किनभने यहाँ अस्थिरता क्रियेट गर्ने, अस्थिरता बनाउने देशमा । ध्वस्त पारिरहने । यता विगार्ने, उता विगार्ने, यता उठाएजस्तो गरिदिने, उता भत्काई दिने । यो खालको सिलसिला चलिराखेको हुनाले । यस्तो बोलिरहनु परेन ।’

अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्वन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराउनुभयो ।