१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस रकम सहित चल्ला व्यापारी पक्राउ



अ+ अ-

वीरगन्ज । प्रहरीलाई घुस दिन आएका कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ ।

मंगलबार राति करिब ८ बजेको समयमा प्रहरी कार्यालय पुगेका वीरगन्ज महानगरपालिका–२२ मनियारी निवासी उपेन्द्र यादवले प्रहरीलाई चल्लाको कारोबारमा अवरोध नपुर्‍याइदिन भन्दै १० हजार रुपैयाँ दिएका थिए ।

कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सागर सम्शेर राणाले यादवलाई नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको जनाए । यादवलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको छ ।