७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको गाईजात्रा पर्व शुक्रबार सुरु हुँदै, जात्रा रूटमा सवारीसाधन निषेध



अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकाले गाईजात्राका दिन जात्रा रूटमा दुईपांग्रे, चारपांग्रे सवारीसाधन निषेध गर्ने भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व शुक्रबार सुरु हुँदै छ ।

श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ भक्तपुर दरबार स्क्वायर तलेजुस्थित बहत्वाबाट निस्किने घिन्तात्वाङ घिसीसँगै गाईजात्रा सुरु हुने गर्दछ ।

नगरको मुख्यमुख्य स्थानमा जात्रा रूट पर्ने भएकाले दुईपांग्रे, चारपांग्रे सवारीसाधन नभित्र्याउन अनुरोध गरेको भक्तपुर नगरपालिका ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले बताए ।

ज्याख्वाका अनुसार बहत्वाबाट निस्किएको घेन्ताघिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गरिने परम्परा छ ।