१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिल्पालाई पक्राउ नगर्न सर्वोच्चकाे आदेश



अ+ अ-

काठमाडौं : सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आइतबार अन्तरिम आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले भदौ १५ गतेसम्मका लागि पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको हो।

सर्वोच्चले भदौ १५ गते दुबै पक्षबीच छलफल गराउने भएको छ। त्यसपछि मात्र पक्राउ गरी अनुसन्धानका लागि थुनामा राख्न मिल्ने नमिल्ने विषयमा टुंगो लाग्नेछ।

बहुविवाहसम्बन्धी जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट प्रहरीलाई पक्राउ अनुमती दिइएको थियो।

चलचित्र निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहमा जाहेरी दिएकी थिइन्। तल्लो अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति लिएपछि त्यसविरुद्ध उच्च अदालत पाटन गएकी थिइन्।

उच्चले पनि जिल्ला अदालतको आदेशको पक्षमा निर्णय दिएपछि शिल्पाले सर्वोच्चमा निवेदन दिएकी हुन्।