५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से सात अङ्कले वृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६ मा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकममा भने उल्लेख्य सुधार हुन सकेन ।

आज कूल १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता शेयर रु ३८ करोड ९६ लाख २५ हजारमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज निर्जीवन बीमाको शेयर कारोवार ओरालो लागेको छ । सो उपसमूहको शेयर २९.७८ बिन्दुले घट्दा बैंकिङ ७.३३, होटल ४.७४, विकास बैंक १३.४३, जलविद्युत् १.१९, वित्त १.०७, उत्पादन ६.९१, अन्य ४.७२, लघुवित्त २१.५१, जीवन बीमा ४४.३२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५८ लाख ३१ हजार ४२८ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै रसुवागढी जलविद्युत् आयोजना रु दुई करोड १५ लाख १६ हजार, एनआइसि एशिया रु एक करोड ७१ लाख ९० हजार, सोल्टी होटल रु एक करोड ६७ लाख ३४ हजार, कृषि विकास बैंक रु एक करोड ६६ लाख ६४ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर रु एक करोड ४६ लाख ९८ हजारमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स ६.४७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ६.१६, एक्सेल डेभलपमेन्ट बैंक ५.०९ र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.०३ प्रतिशतले कमाएका छन् ।

सानिमा इक्विटी फण्ड ३.५७, जोशी हाइड्रोपावर २.८९, युनाइटेड इन्स्योरेन्स २.५६, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स २.५२, बरुण हाइड्रोपावर २.२२ र चिलिमे जलविद्युत् कम्पनीका शेयरधनीले १.९६ प्रतिशतले गुमाए ।