२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद
अ अ+ अ-

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद कार्यक्रम सम्पन्न गरेको छ।

पोखरामा आयोजित ‘शिक्षा संवाद–भाग २ (गण्डकी प्रदेश छलफल)’ मा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतम, हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्मा, प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, गण्डकी विश्वविद्यालयका उपकुलपति कृष्ण अधिकारी, एन-प्याब्सनका महासचिव प्रकाश खड्का तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्यानलिस्टका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाबीचको सहकार्य, नीतिगत स्पष्टता र प्रस्तावित विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने विषयमा छलफल भएको थियो।

मन्त्रालयले शिक्षा क्षेत्रका शिक्षक, विद्यालय सञ्चालक, शिक्षाविद्, स्थानीय तह तथा अन्य सरोकारवालाका सुझावलाई नीति निर्माण प्रक्रियामा समेट्दै विद्यार्थीको आवश्यकता र कक्षाकोठाको वास्तविकतालाई सम्बोधन गर्ने शिक्षा ऐन निर्माणमा जोड दिएको छ।

यस्ता संवादबाट प्राप्त सुझावले नेपालको विद्यालय शिक्षा प्रणालीलाई थप गुणस्तरीय, समावेशी, सिर्जनशील र समयसापेक्ष बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।