२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने

कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’
अ अ+ अ-

काठमाडाैँ । दक्षिण कोरियाका लागि नेपालका प्रश्तावित राजदुत प्रा. डा. सङ्गम श्रेष्ठले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई केवल औपचारिकतामा मात्र सिमित नराखी नेपालको आर्थिक समृद्धि र नागरिक सुरक्षाको आधारस्तम्भ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मङ्गलवार संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो चार वर्षे कार्ययोजना प्रश्तुत गर्दै उहाँले प्रविधि हस्तान्तरण, हरित विकास, व्यापार घाटा न्युनिकरण र प्रवासी नेपालीहरूको हित रक्षालाई आफ्नो मुख्य कार्यभारका रूपमा अघि सार्नुभएको हो । डा. श्रेष्ठले नेपालको संविधान र परराष्ट्र नीतिद्वारा निर्देशित रहेर कोरियासँगको ५० वर्षे सम्बन्धलाई पुनर्गठन गर्ने योजना अघि सार्नुभयो । कोरियामा कार्यरत ९१ हजारभन्दा बढी नेपालीहरूको मर्यादा, सुरक्षा र हकहितको संरक्षणलाई उनले आफ्नो पहिलो र सर्वोच्च प्राथमिकतामा राख्नुभयो ।

उहाँले आपतकालीन सहायताका लागि २४सै घण्टा सञ्चालन हुने ‘एकीकृत मुद्दा व्यवस्थापन प्रणाली’ स्थापना गर्ने र सोल बाहिर घुम्ती शिविरमार्फत सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनु भयो ।

आर्थिक कुटनीतिका सन्दर्भमा उहाँले नेपाल र कोरियाबीचको बढ्दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै निर्यात प्रवद्र्धन र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन जोड दिनुभयो । कोरियाको प्रविधि र नेपालको सम्भावनालाई जोड्न स्वच्छ ऊर्जा, कृषि प्रशोधन, पर्यटन र विद्युतीय यातायातमा लगानीयोग्य परियोजनाहरू तयार गरिने उहाँको भनाइ छ । उहाँले कोरियालाई श्रम गन्तव्य मात्र नभई नेपालको औद्योगिक रूपान्तरण र प्रविधि हस्तान्तरणको रणनीतिक साझेदारका रूपमा विकास गर्ने योजना सार्वजनिक गर्नुभयो ।

आफ्नो प्राज्ञिक र संस्थागत अनुभवलाई आधार मान्दै डा. श्रेष्ठले कोरियाली वैज्ञानिक तथा प्राविधिक सञ्जालसँगको दशकौँ पुरानो सम्बन्धलाई दुई देशबीचको नीतिगत र प्राविधिक सहकार्यमा उपयोग गर्ने बताउनु भयो । उहाँले संसदीय सुनुवाइ समितिमा प्रश्तुत गर्नुभएको कार्ययोजनामा नागरिक सेवा, संसदीय संवाद, आर्थिक कूटनीति, डिजिटल रूपान्तरण र जलवायु उत्थानशीलतासहितका सातवटा रणनीतिक स्तम्भहरू समेटिएका छन् ।

राजदूतको कार्यकाल सकिएपछि पनि नेपाल–कोरियाबीचको सहकार्य निरन्तर रहोस् भन्ने उद्देश्यले संस्थागत अभिलेख र अनुगमन प्रणाली स्थापना गर्ने उहाँको योजना छ । समितिसमक्ष उनले आफ्नो अनुभव, कोरियासँगको सञ्जाल र स्पष्ट मार्गचित्रसहितको कार्ययोजना प्रश्तुत गर्दै नियुक्त भएपश्चात नतिजामुखी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।