२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे
अ अ+ अ-

काठमाडौं । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका स्थानीय तहअनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जना (१८ पुरुष, २८ महिला) र भरतपुर महानगरपालिकामा ३२ जना (नौ पुरुष, २३ महिला)मा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी खैरहनी नगरपालिकामा २२ जना, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।

कार्यालयका अनुसार सङ्क्रमित हुनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । जिल्लाभित्रका सङ्क्रमित १४२ जनामध्ये ५२ पुरुष र ९० महिला छन् भने बाहिरी जिल्लाबाट आएका ९२ सङ्क्रमितमध्ये ३४ पुरुष र ५८ महिला छन् । हालसम्म जिल्लामा स्क्रब टाइफसका कारण कसैको मृत्यु भएको छैन ।