२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास
अ अ+ अ-

काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ ।

यसैक्रममा आज आरूघाट गाउँपालिका ३, केउरपानी र ढुंगेमा गरि २ वटा ट्रान्सफर्मर थप चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण आरूघाट वितरण केन्द्र, गोरखाकाअनुसार हालसम्म यस वितरण केन्द्रअन्तर्गत आरूघाट गाउँपालिका ३ सोती, लिदिङ र स्यामराङका ३ वटा ट्रान्सर्फमर र धार्चेका पुरै क्षेत्रहरूमा लाइन अवरुद्ध छ । बाँकी क्षेत्रहरूमा लाइन सुचारू भइसकेको छ ।

कर्मचारीहरु विहानै कार्यस्थलमा पुगे पनि सडक दिउँसो ३ बजे मात्र खुलेकाले कार्यमा अवरुद्ध हुन गएको हो । ‘अझै रातिसम्म आरूघाटका सम्पूर्ण क्षेत्रहरू चार्ज गर्ने प्रयास जारी रहनेछ । सडक जति खुल्दै जान्छ, सोहीअनुसार लाइन मर्मत गरि सुचारु गर्दै जानेछौँ,’ आरूघाट वितरण केन्द्रले भनेको छ ।

मन्त्रालयकाअनुसार बाढीले गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ।

बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मे.वा.), दोभान खोला (२४.५ मे.वा.), यारु खोला (३०.५९ मे.वा.), माछा खोला (१६ मे.वा.) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।

त्यसैगरी, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेज पोलसहित सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा वितरण लाइनका पोलहरूमा क्षति पुगेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको छ ।

मन्त्रालयका प्रवक्ता मोहन शाक्यकाअनुसार बाढीले अवरुद्ध भएलगत्तै प्राधिकरणले विद्युत सेवा सुचारु गर्न काम थालेको थियो । करिब १० घण्टामै भीमसेन थापा गाउँपालिका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा सुचारु भएको थियो ।

यसैगरी आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको थियो ।

मन्त्रालयले यसै हप्ताभित्र सबै ठाउँमा विद्युत् सेवा सुचारु गर्नेगरी काम भइरहेको जनाएको छ ।