२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना

कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी कर्मचारीलाई आकस्मिक अवस्थामा जीवन बचाउन आवश्यक आधारभूत सीप प्रदान गर्ने उद्देश्यले जीवनरक्षा तालिम सुरु गरेको छ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न मन्त्रालयका कर्मचारीलाई लक्षित गरी आधारभूत जीवन सहायता (बीएलएस) सम्बन्धी एकदिने तालिम सञ्चालन गरेको हो।

तालिममा कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर), चोकिङ हुँदा अपनाउनुपर्ने प्राथमिक उपचारका उपायलगायत जीवनरक्षासम्बन्धी व्यावहारिक सीप सिकाइनेछ। आकस्मिक अवस्थामा तत्काल र सही प्रतिक्रिया दिन सक्ने क्षमता विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको केन्द्रले जनाएको छ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयलाई पत्राचार गर्दै तालिममा कर्मचारी सहभागी गराउन अनुरोध गरेको थियो। असोज २९ गतेसम्म चार चरणमा सञ्चालन हुने तालिममा सम्बन्धित मन्त्रालयका कार्यालय सहयोगी, पीएसओ तथा सोही प्रकृतिका कर्मचारीका साथै राजपत्र अनङ्कित प्रथम र द्वितीय तहका कर्मचारी सहभागी हुनेछन्।

प्रत्येक मन्त्रालयबाट प्रत्येक चरणमा एक जना कर्मचारी सहभागी गराउने व्यवस्था गरिएको छ। तालिम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा बिहान ९ बजेदेखि सञ्चालन भइरहेको छ।