२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु

गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु
अ अ+ अ-

गाजा। गाजापट्टीका विभिन्न क्षेत्रमा शनिबार इजरायली सेनाले गरेको सैन्य कारबाहीमा सातजना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

ड्रोन आक्रमण र हवाई हमलाका कारण सर्वसाधारणको भीडभाड हुने स्थानहरूमा ठूलो क्षति पुगेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

शनिवार गाजा शहरको पश्चिममा रहेको व्यस्त क्षेत्रलाई लक्षित गरी इजरायली ड्रोनले मिसाइल प्रहार गर्दा चारजनाको मृत्यु भएको छ ।

उक्त स्थानमा रेस्टुरेन्ट, पसल र विस्थापितहरूको आश्रयस्थल रहेकाले हताहतीको संख्या बढी भएको स्थानीय स्रोतले जानकारी दिएको छ ।

अल–शिफा मेडिकल कम्प्लेक्सका अनुसार आक्रमणमा परेका अन्य छजना घाइतेहरूको उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ ।

अर्को एक छुट्टै घटनामा, गाजा सहरको उत्तरपूर्वमा रहेको मस्जिद नजिकै इजरायली हवाई हमला हुँदा ४४ वर्षीय मोहम्मद वालिद अल–नखालाको घटनास्थलमै मृत्यु भएको छ । सोही दिन अर्को एक कारबाहीमा आठ वर्षीया शाहद अब्दुल–रज्जाक अल–नज्ज

ले आफ्नो परिवारको टेन्टमा इजरायली ड्रोनबाट प्रहार भएको मिसाइलका कारण ज्यान गुमाएकी छिन् ।यसैबीच, दक्षिण गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सले अल–मावासी क्षेत्रमा भएको गोलाबारीमा घाइते भएका मौसा अबु दानको उपचारका क्रममा मृत्यु भएको जनाएको छ । शुक्रवारको चोटका कारण ज्यान गुमाउने उनी पछिल्लो पीडित हुन् ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर २०२५ मा हमास र इजरायलबीच युद्धविराम भएयता मात्र इजरायली आक्रमणबाट १ हजार ४ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

अक्टोबर ७, २०२३ देखि शुरु भएको यो द्वन्द्वमा हालसम्म ज्यान गुमाउने प्यालेस्टाइनीहरूको कुल संख्या ७४ हजार ३ सय ७० पुगेको छ ।

अन्तर्राष्ट्रिय समुदायले मानवीय संकट गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल