२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी

इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी
अ अ+ अ-

इस्टोनिया। उत्तर–पूर्वी इस्टोनियास्थित एउटा खानीको फोहोर थुपारिएको डाँडामा पुराना तथा कवाडी गाडीहरूको अनौठो र रोमाञ्चक मोटरस्पोट्र्स सम्पन्न भएको छ ।

स्थानीय भाषामा ‘रोमुराल्ली’ (स्क्र्याप–कार ¥याली) भनिने यस प्रतियोगितामा इन्जिनको चर्को गर्जन र गाडीहरू एकापसमा ठोक्किँदा निस्किएको आवाजबीच ७० वटा पुराना सवारीसाधनले प्रतिष्पर्धा गरेका छन् ।

इस्टोनिया एलामुस्पार्क (अनुभव पार्क) को ६०० मिटर लामो ट्रयाकमा आयोजित यस ¥यालीले परम्परागत रेसिङ र साहसिक स्टन्टलाई एकसाथ प्रश्तुत गरेको थियो ।

फोहोर ढुङ्गा–माटोको डाँडामा तयार पारिएको घुमाउरो ट्रयाकमा पुराना गाडीहरूले पाङ्ग्रासँग पाङ्ग्रा जुधाउँदै रोमाञ्चक प्रतिस्पर्धा गरेका हुन् ।

सहभागी हुनका लागि आयोजकले कडा प्राविधिक नियमहरू निर्धारण गरेका थिए । दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सबै कारका बत्ती, ऐना र अधिकांश सिसा अनिवार्य रूपमा हटाइएको थियो ।

गाडीको बडी वा च्यासिसलाई थप बलियो बनाउन प्रतिवन्ध लगाइएको भए पनि प्रभावकारी ब्रेक, सिट बेल्ट र अग्निनियन्त्रक उपकरण (फायर एक्स्टिंग्विसर) भने अनिवार्य गरिएको थियो ।

प्रतियोगिताप्रति दर्शक र चालकहरूको उत्साह यति उच्च थियो कि शुरुवाती ६० वटा कोटा तत्काल भरिएपछि आयोजकले थप १० वटा कोटा थप्नुपरेको थियो । प्रतिष्पर्धामा उत्रिएका कतिपय चालकको मुख्य लक्ष्य सबैभन्दा धेरै ल्याप (फन्को) पूरा गर्नु थियो भने कतिपयका लागि अन्य गाडीलाई ठक्कर दिनु नै मुख्य आकर्षण बनेको थियो ।

चालक आर्तुर स्मिर्नोभले ल्याप पूरा गर्नुभन्दा गाडी ठोक्काउनुमा बढी मज्जा आउने बताए । गाडीहरू एकापसमा जुध्दा पनि क्षतिग्रस्त सवारीलाई ट्रयाकमा निरन्तर कुदाइराख्नु चालकहरूका लागि अर्को ठूलो चुनौती थियो ।

अन्तिम चरणको प्रतिस्पर्धामा सबै चालु अवस्थाका गाडीहरू प्रवेश गरेका थिए । बराबर ल्याप पूरा गर्ने प्रतिस्पर्धीहरूको हकमा समय गणना गरी अन्तिम नतिजा निकालिएको थियो ।

ट्रयाक बाहिर डाँडाबाट गाडीलाई तल गुल्ट्याएर देखाइएको ‘कार बलिङ’ स्टन्टले दर्शकहरूलाई थप मनोरञ्जन दिएको थियो। कवाडीमा परिणत हुन लागेका पुराना गाडीहरूलाई सार्वजनिक रूपमा प्रदर्शन गर्ने यो इभेन्ट दर्शक र खेलाडी दुवैका लागि आकर्षक बनेको छ ।
सिन्ह्वा/ न्युज एजेन्सी नेपाल