२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

निकुञ्जमा जिप सफारी सुरु

निकुञ्जमा जिप सफारी सुरु
फाइल फोटो
अ अ+ अ-

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन: सुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो ।

बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु गरिएको हो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरु मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका कामहरु सकिएसँगै जिप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।  यही असोजको दोस्रो साता आएको बाढीले जङ्गल सफारी गर्ने रुटहरू भत्काएका कारण जङ्गल सफारी खुला गर्न समय लागेको उहाँले बताउनुभयो ।

निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत् अवस्थामा हुने गर्दछ ।

निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा यस्तै मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् ।

ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यहाँ मुख्य रुपमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । रासस