२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

पहिरोका कारण महभिर गाउँ विस्थापित

पहिरोका कारण महभिर गाउँ विस्थापित
अ अ+ अ-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका कारण विस्थापित भएको छ । ३० परिवारको बसोबास रहेको महभिरका सबै बासिन्दा पहिरोका कारण गाउँ छोड्न बाध्य भएका हुन् ।

महभिरका बासिन्दासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिका-८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले पहिरो प्रभावितहरू सिरुवारीमा अस्थायी शिविर बनाएर बस्न थालेका जानकारी दिनुभयो ।

“बस्तीदेखि तल ठूलो पहिरो छ, गाउँको बीचबीचमा पनि पहिरोले चिराचिरा पारेको छ । घरगोठका पर्खाल, आँगन चर्किएर बस्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “गाउँनै पहिरोले बगाउने जोखिम भएकाले सिरुवारीमा अस्थायी शिविर बनाएर राखेका छौँ ।”

महभिरमा रहेको कक्षा ५ सम्मको पठनपाठन हुने चन्द्र आधारभूत विद्यालयलाई पनि सिरुवारीमा सारिएको वडाध्यक्ष गर्बुजाले बताउनुभयो । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछि महभिरमा पहिरो सिर्जना भएको हो ।

वडाको विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनअनुसार महभिरसहित अन्नपूर्ण-८ वडामा पर्ने साविक राम्चे गाविसका ५२ परिवारका १२६ जना विस्थापित भएका छन् । पहिरोले घर बगाउँदा धारापानीमा सविन चोचाङ्गीको मृत्यु भएको र मनोज चोचाङ्गी बेपत्ता भएका छन् ।

ओखलखर्क झुम्रेखोरमा तीन, धारापानीमा चार, गाउँफाँटमा ११, थलथलेमा तीन र चिनारमा दुई घरका परिवार विस्थापित भएका काँफलडाँडाका अगुवा रवी गर्बुजाले जानकारी दिनुभयो । विस्थापितहरूलाई गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले उपलब्ध गराएको टेन्टमा शिविर बनाएर राखिएको छ ।

नागी र राम्चेको बिचमा पहिरो गएकाले पहिरो प्रभावित बस्न थालेको सिरुवारी जोड्ने सडक यातायात अवरुद्ध छ । विस्थापितलाई खाद्यान्न र राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । सवारीसाधनमार्फत बेनीदेखि मल्लाज, फलामेडाँडा हुँदै नागी पुर्याइएको राहत सामग्री स्थानीयवासीले पिठ्युमा बोकेर ढुवानी गर्ने गरेका छन् ।

पहिरोका कारण महभिर गाउँलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार तत्काललाई अस्थायी शिविरमा रहेका विस्थापितहरुलाई दीर्घकालीन रूपमा स्थानान्तरण र पुनःनिर्माण तथा पुनःस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग प्रस्ताव गरिएको छ । रासस