२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा

मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा
अ अ+ अ-

ललितपुर। गोदावरी नगरपालिका–१४, बाँडेगाउँस्थित मामाघर अनाथ असहाय बालबालिका संरक्षण समाज (मामाघर आश्रम) को आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक लेखापरीक्षणका क्रममा आश्रमका अध्यक्ष बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्षमा विभिन्न शीर्षकबाट कुल ९१ लाख ९७ हजार ७५१ रुपैयाँ आम्दानी भएको जानकारी दिए। उनका अनुसार सो अवधिमा ९१ लाख ५५ हजार ४१० रुपैयाँ खर्च भएको छ भने ४२ हजार ३४१ रुपैयाँ बचत रहेको छ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका महाराजजीले संस्थाको उद्देश्य, परिचय, कार्यविधि, उपलब्धि तथा चुनौतीबारे जानकारी गराउँदै आश्रमले अवलम्बन गर्दै आएका नीति–नियमका विषयमा प्रकाश पारे। उनले हाल आश्रमले ७० जना बालबालिकाको संरक्षण, संवर्द्धन र उज्ज्वल भविष्य निर्माणका लागि काम गरिरहेको बताए।

बालबालिकालाई सरकारी नीति–नियमअनुसार पारिवारिक वातावरणमा हुर्काउँदै शिक्षा, संस्कार र जीवनोपयोगी सीप प्रदान गर्ने प्रयास भइरहेको उनको भनाइ थियो।

कार्यक्रममा गोदावरी नगरपालिका महिला विकास अधिकृत सीता गुरुङले आश्रमले बालबालिकाको संरक्षण, शिक्षा र भविष्य निर्माणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन्। गोदावरी नगरपालिका पूर्ण बालमैत्री घोषणा भइसकेको उल्लेख गर्दै उनले मामाघर आश्रमले देशका लागि योग्य, सक्षम र असल नागरिक तयार पार्न गरिरहेको प्रयास प्रशंसनीय रहेको बताइन्।

त्यसैगरी, गोदावरी नगरपालिका–१४ स्थित श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीले आश्रममा संरक्षित अधिकांश बालबालिका आफ्नो विद्यालयमा अध्ययनरत रहेको जानकारी दिए। उनका अनुसार आश्रमका बालबालिका पढाइमा अग्रस्थानमा रहनुका साथै संस्कार, गायन, नृत्य, अनुशासन तथा अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट छन्।

कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, वडा प्रतिनिधि, आजीवन सदस्य, शिक्षक, प्राध्यापक, पत्रकार, बुद्धिजीवी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिकालाई आश्रय, शिक्षा, संस्कार र पारिवारिक वातावरण प्रदान गर्दै आएको मामाघर आश्रमले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउँदै आएको छ। सामाजिक लेखापरीक्षणले संस्थाको आर्थिक पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।