२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित
अ अ+ अ-
काठमाडाैँ । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ ।
गत ९ गतेदेखि हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको हो । लामो समयदेखि हरियो सागसब्जी नदेखिएको स्थानीय तथा सुरक्षाकर्मी बताउँछन् । माछा–मासु पूर्णरूपमा बन्द भएको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षाचौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार नाका बन्द भएपछि हिल्सामा खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ । बिरामी पर्दा उपचारका लागि स्वास्थ्यचौकी वा मेडिकलसमेत छैन । सशस्त्र प्रहरी बलका एक जना जवानले सिएमए तालिम लिएको र उनीसँग रहेको सामान्य औषधि, विशेषगरी सिटामोलकै भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताउनुभयो ।
नाका बन्द हुँदा हिल्सामा रहेका नेपाली नागरिकको आवतजावतसमेत प्रभावित भएको थियो । चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ नेपाली नागरिक नेपालतर्फ प्रवेश गरेका छन् तीमध्ये केहीले हिउँ जमेको बाटो हुँदै नेपाल फर्किनुपरेको छ ।
कतिपय आजै पैदल मार्ग हुँदै अघि बढिसकेका छन् भने केही शुक्रबार बिहानै हिल्साबाट पैदल यात्रा सुरु गर्ने तयारीमा रहेको बताउनुभयो । चीनबाट नेपाल आज अबेर प्रवेश गरेकाहरु भोलि बिहानै हिँड्ने तयारी गरिरहेको बताउनुभयो । यता, नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम भने बुधबारबाट मात्रै सुरु भएको छ ।
नारा लेक क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउन सानो स्काभेटर (भ्याकु) प्रयोग गरिएको छ तर मेसिन सानो भएकाले दैनिक बढीमा एक–दुई किलोमिटर मात्रै सडक सफा गर्न सक्ने अवस्था रहेको छ । सडक सफा गर्ने गति निकै सुस्त भएपछि हिल्सामा रोकिएका नेपाली नागरिकमा झनै चिन्ता बढेको छ ।
यही गतिमा हिउँ पन्छाउने हो भने दसैँसम्म पनि घर पुग्न नसकिने भन्दै बिहीबार एक सयभन्दा बढी नेपाली  हिल्साबाट पैदलै यात्रा सुरु गरेका छन् ।
लामो समयदेखि सीमा नाका बन्द, सडकमा जमेको बाक्लो हिउँ, खाद्यान्नको अभाव र स्वास्थ्य सेवाको पहुँच नहुँदा हिल्सा अहिले समस्या नै समस्याको बीचमा छ ।
चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा हिल्साबाट घर फर्किन चाहने नागरिकका लागि अर्को चुनौती थपिएको छ ।
स्थानीय तथा सुरक्षाकर्मीका अनुसार तत्काल सडकमा प्रभावकारी रूपमा हिउँ पन्छाउने व्यवस्था गरी यातायात सञ्चालनमा ल्याउन नसके हिल्सामा खाद्यान्न र स्वास्थ्य सङ्कट थप गहिरिन सक्ने देखिएको छ ।
यतिबेला हिल्समा ३५ जना ससस्त्र प्रहरी, २० जना नेपाल प्रहरी, चार जना अध्यागमन कार्यालय र चार जना भन्सारका गरी ६३ जना सरकारी कर्मचारी छन् भने केही स्थानीय नागरिकसमेत बस्दै आएका छन् ।
–––