२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध ढंगले नेपालमा कपडा ल्याउने पक्राउ



अ+ अ-

सिरहा । मंगलबार अवैध ढंगले भारतीय मोटरसाईकलमा सीमापारीबाट भित्र्याएको कपडासहित सिरहा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सिरहा नगरपालिका १७ का रुपेश यादव र मुन्ना यादव छन् । बिआर ३२ जेड १८९८ नम्बरको भारतीय मोटरसाइकलमा कपडा लिएर आइरहेका यादवद्वयलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि जिल्ला भन्सार माड्र बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी (डिएसपी) अपीलराज बोहराले बताए ।

सोमबार मिर्चैया प्रहरीले ८ सय प्याकेट खैनी (सुर्ती) सहित टेम्पो चालकलाई पक्राउ गरेको थियो । स १ ह ३८५५ नम्बरको टेम्पोमा लोड अबैध खैनीसहित टेम्पो चालक मिर्चैया नगरपालिका ५ का २९ वर्षिय दिपक गोसाईलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय लहानमा बुझाइएको डिएसपी बोहराले बताए ।

सिरहा प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्ने गरेको छ ।