२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै विज्ञापन विधेयक पारित



अ+ अ-

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै विज्ञापन विधेयक पारित गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले बुधबार उक्त विधेयक पारित गरेको हो ।

ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले हाल प्रशारण भइरहेका विदेशी च्यानललाई एक वर्षसम्म क्लिनफिड लागू नहुने भएको छ । नेपालमा प्रशारण गर्न नयाँ सम्झौता गर्ने विदेशी च्यानलमा भने तत्कालै क्लिनफिड लागू हुनेछ ।

ऐन विपरीत कसैले विज्ञापन गरेको पाइएमा बोर्ड वा स्थानीय तहमा उजुरी गर्न सक्ने व्यवस्था पनि राखिएको छ । सजाय हुने कसुर सम्बन्धी शुरु कारबाही र किनारा गर्ने अधिकार भने सम्बन्धित जिल्ला अदालत र स्थानीय तहलाई दिइएको छ ।