६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–१५ः भारतसँग नेपाल फराकिलो गोल अन्तरले पराजित



अ+ अ-

काठमाडौं । साफ यु–१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपालमाथि भारतले फराकिलो जित निकालेको छ।

कोलकाताको कल्याणीमा भएको खेलमा नेपाललाई भारतले ५–० गोलले पराजित गरेको हो। भातका लागि महेसन, शुभ पाउल,अनिश मजुम्दार,टाइसन सिंह र सिद्धार्थले समान एक एक गोल गरे ।

खेलको पाँचौ मिनेटमा महेसनले गोल गरेर भारतलाई सुरुवाती अग्रता दिलाए। २४ मिनेटमा महेसनको पासमा पाउलले भारतको अग्रता दोब्बर पारे। ४३ मिनेटमा भारतीय कप्तान अनिश मजुम्दारले टिमका लागि तेस्रो गोल गर्दै अग्रता ३–० बनाए ।

पहिलो हाफ ३–० ले पछाडी परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो ।खेलको ४९ औं मिनेटमा टाइसन सिंहले चौथो गोल गरे । सिद्धार्थले ५६ मिनेटमा गोल गर्दा नेपाल ५–० ले पछाडी पर्‍यो ।

अब नेपालले शुक्रबार श्रीलंकासँग खेल्नेछ। यस्तै नेपालले बंगलादेशसँग अगस्ट २७ र भुटानसँग अगस्ट २९ सँग प्रतिस्पर्धा गर्नेछ।समूहका शीर्ष २ टिमबीच आगामी अगस्ट ३१ उपाधिका लागि भिडन्त हुनेछ।