६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको निर्माण प्रक्रिया खारेज गर्न माग



अ+ अ-

काठमाडौं । सांसदहरुले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको निर्माण प्रक्रिया रद्द गरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखेका छन् ।

संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले निर्माण प्रक्रियामा सम्बन्धित निकाय जिम्मेवार बन्न नसकेको र राज्यकोषको ढुकुटी सकाउने काम मात्रै भएको भन्दै सम्पूर्ण प्रक्रिया खारेज गर्न सुझाएका हुन् ।

समिति सदस्य जीवनराम श्रेष्ठले भवन निर्माण समयमा नसक्दा ठेकेदारको दोष देखिएपनि पटक–पटक समय थप गर्ने, बजेट निकासा गर्ने सबै सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने बताए । उनले कुनै पनि निकायले निर्माण सम्पन्न हुन नसकेको सम्बन्धमा जिम्मेवारी लिन अग्रसर नभएकाले भवन बनाउने प्रक्रिया नै क्यान्सर भइसकेको टिप्पणी गरे ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका समिति सदस्य गगन थापा र खगराज अधिकारीले अस्पताल निर्माण प्रक्रिया नै खारेज गर्नुपर्ने धारणा राखे । समिति सदस्य थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला सुरेश वाग्ले स्मृति केन्द्र भवन निर्माणका लागि तेश्रोपटक म्याद थपको अनुमति दिइएको थियो ।

२०७० मा अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला सम्झौताअनुसार भवन निर्माण अन्तिम चरणमा पुग्नुपर्ने थियो । २०७१ मंसिर २७ गने निर्माण सम्पन्न गर्ने गरि २०६८ साल मंसिर २८ गते निर्माण सम्बन्धी सम्झौता भएको थियो ।